गौरीघाट र फिटनेश हबलाई रस्साकसी प्रतियोगिताको उपाधि
पाेखरा | पुस १७, २०८०
पोखरा: रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सव अन्र्तगत रस्साकसी प्रतियोगितामा पुरुषतर्फ गौरीघाट ‘ए’ प्रथम भएको छ । गौरीघाटकै ‘बी’ टिमलाई पराजित गर्दै गौरीघाट ‘ए’ ले प्रथम स्थान हाँसिल गरेको हो । प्रतियोगितामा डेमसाइड फिटनेश हबले पावरहाउस टिमलाई पराजित गर्दै तेश्रो स्थान हाँसिल ग¥यो । प्रथम हुने टिमले खसी, दोश्रोले बोका र तेश्रो हुने टिमले दुईवटा कुखुराको भाले पुरस्कार पाए । महिलातर्फ फिटनेश हब डेमसाइड प्रथम र त्रिपुरा महिला नारी समुह दोश्रो भए । उनीहरुले क्रमश: नगद १५ र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
नाट्टा गण्डकीको संयोजनमा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, टान गण्डकीका अध्यक्ष धर्म पन्थी, आयोजक रेवानमा महासचिव विकास भट्टराई, रेवान पोखराका पूर्वाध्यक्ष भिमसेन भुजेल, महिला खेलका सह–संयोजक कृष्ण आचार्य, ट्याक्सी व्यवसायी समितिका अध्यक्ष शोभाकान्त पौडेल, टानका सचिव तीर्थराज सुवेदी, नाट्टाका सचिव चेतन कार्की, पिटिसीका पूर्व कोषाध्यक्ष कृष्ण काफ्ले लगायतले पुरस्कार प्रदान गरेका थिए । महोत्सव अन्र्तगत खेलकुद कार्यक्रम संयोजक सूर्यबहादुर भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैविच पाँच दिने पोखरा सडक महोत्सव सोमबार रातिदेखि अनौपचारिक रुपमा सम्पन्न भएको छ । त्यसअघि आइतबार मध्यरातमा बसुन्धरा पार्कमा भव्य आतिसबाजी गर्दै अंग्रेजी नयाँ वर्षको स्वागत गरिएको थियो । नयाँ वर्षको स्वागतका लागि हजारौं पर्यटकहरु लेकसाइडको सडकमा पुगेका थिए । महोत्सव सफल पार्न सहयोग गर्ने पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, प्रायोजक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्थानिय आमा समुह, युवा समुह लगायतलाई रेवान पोखराले कृतज्ञता जाहेर गरेको छ । ‘सबैको सहयोगमा यो महोत्सव सफल भएको छ, उहाँहरु सबैजना धन्यवादका पात्र हुनुहुन्छ’–आयोजक संस्थाका महासचिव विकास भट्टराईले भने ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

